किसानलाई ६५ प्रतिशतसम्म बाढीको क्षतिपूर्ति दिने सरकारको निर्णय


काठमाडौं । सरकारले बेमौसमी बाढी पहिरो पीडित किसानलाई राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर किसानलाई राहत वितरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ विघाभन्दा माथि क्षति भएका किसानहरुलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

जसका लागि न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको लागत बराबरको रकमलाई कायम गरिएको छ । राहत उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर ५ दिनभित्र कार्यविधि बनाएर त्यसको स्वीकृतिका लागि पेस गर्नुपर्ने भएको छ ।

यस्तै बैठकले महालेखा परीक्षणको कार्यालयमा रिक्त रहेको महालेखा परिक्षक राजपत्रांकित विशिष्ट श्रेणी पदसंख्या २ मा महेश्वर काफ्ले र वामदेव अधिकारीलाइ बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्विकृती दिने निर्णय गरेको छ । नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा सुनकोसी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरिएको मन्त्री कार्कीले जानकारी दिए । ग्लोबल क्लिन टु कोल्ड पावर ट्रान्जेक्सन सम्बन्धी वक्तव्यलाई सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने निर्णय पनि भएको छ ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ