म जसपा होइन्, लोसपामा छु : कुसियैत (भिडियोसहित)


टुडेखोज, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका २ का नेता जयकृष्ण कुसियैतले आफू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मै रहेको स्पष्ट पारेका छन् । केहिदिन अगाडी कुसियैतको नेतृत्वमा जसपा वडा कमिटी गठन भएको समाचार बाहिर आएको थियो । सो समाचारको उनले खण्डन गरेका हुन् ।

‘मेरो बारेमा आएको गलत समाचारको खण्डन गर्न चाहन्छु’, उनले भने, ‘जसपाले मलाई बदनाम गराउन खोज्यो । म लोसपामै छु ।’ जनकपुरमा टुडेखोजसँगको कुराकानीमा उनले भने, ‘गाउँमा जसपा प्रदेश साँसद शैलेन्द्र यादव कुसियैत आउनुभएको थियो । मलाई बोलाउँदा गएँ । तर कुनै समितिमा बसेको छैन ।’

उनले आफू विगतमा राजपा रहेको सुनाउँदै अहिले लोसपा रोजेको स्पष्ट पारे । लोसपा अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य उमाशंकर अरगरियालाई आफूले नेता मानेको पनि उनले बताएका छन् ।

२०७४ मा भएको स्थानीय तहको चुनावमा उनी राजपाबाटै वडाध्यक्षमा चुनाव लडेका थिए । थोरै मतले पराजित उनी अब लोसपाबाट चुनाव लड्ने तयारी गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार २०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ