प्रदेश २ मा जनमत पार्टीका कार्यकर्ताद्वारा मशाल जुलुस मार्फत शक्ति प्रदर्शन


जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध सोमबार प्रदेश २ का आठ वटै जिल्लाका सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको छ ।

जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत प्रदेश २ का अस्थायी राजधानी जनकपुरसहित ८ वटै जिल्लाका सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रम अनतर्गत पाँचौ दिन जिल्ला सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको छ ।

कार्तिक ५ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेपछि प्रहरीले जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरि हिरासतमा राखेको छ ।

आमजनता र जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकारबाही गरेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।

प्रकाशित : २०७८ कार्तिक १२, शुक्रबार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ