शहिदनगरमा सयौं यूवा तरुण दलमा प्रवेश, एमाले विलीन हुने काँग्रेस नेता यादवको दावी


जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामकृष्ण यादव आउँदो दिनमा नेकपा एमाले विलीन हुने बताएका छन् । धनुषाको शहीदनगर नगरपालिका २ चोराकोयलपरमा दीपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजित शुभकामना आदानपदान तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हन् ।

उनले सबै पदेशमा एमालेको सरकार ध्वस्त भइसकेको र बाँकी रहेको एउटा पदेशका सरकार पनि २र३ दिनभित्रै ढल्ने बताए । उनले अब काँग्रेसको विकल्प नरहेको कुरा जनताले बुझिसकेको र आगामी निर्वाचनमा विजयी हुन संगठन निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

उनले महाधिवेशनका लागि हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३० जना युवा तरुण दलमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पूर्वमन्त्री यादव लगायतका नेताहरुले स्वागत गरे ।

तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णा राय यादवको अध्यक्षता र पूर्वमन्त्री यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पूर्व साँसद दिनेश पसैला, शिवधारी यादव, मक्ता यादव, सुधिर गोइत, तरुण दलका धनषा अध्यक्ष संजय लाभ कर्ण, उपाध्यक्ष राकेश विक्रम साह, नेता शैलेन्द्र चोरबार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ कार्तिक १४, आईतवार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ