जनमत पार्टीले जसपा धनुषा अध्यक्ष र इन्जिनियरहरुमाथि दर्ता गराए उजुरी


टुडेखोज, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव र इन्जिनियरहरुमाथि धनुषा प्रहरीमा उजुरी दर्ता गराएको छ ।

कर्मचारीलाई दुव्र्यवहार गरेको विरोधमा इन्जिनियरहरुले जनमत पार्टी विरुद्ध आन्दोलन गरेका थिए । सो क्रममा जनकपुरस्थित केन्द्रीय सचिवालयमा तोडफो’ड तथा आगज’नी गरेको इन्जिनियरहरुमाथि आरोप लागेको छ । साथै जसपा धनुषा अध्यक्ष र नेता नविन यादवले आन्दोलनमा घुसपै’ठ गर्न खोजेको जनमत पार्टीको दावी छ ।

तोडफो’ड र आगज’नी घटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा अडियो/भिडियो प्रमाणसहित उजुरी दिइएको जनमत पार्टीको सचिवालयले जनाएको छ । घटनामा संलग्न इन्जिनियरहरुको लाइसेन्स रद्द गर्न पनि माग गरिएको छ ।

उजुरी को- को माथि दर्ता भएको छ ? तल हेर्नुस् :

प्रकाशित : २०७८ कार्तिक १४, आईतवार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ