Breaking- मटिहानीका वडाध्यक्ष र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मु’द्दा दायर


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोतरीका मटिहानी नगरपालिका ५ वडाध्यक्ष र सहायक कम्प्युटर अपरेटरविरुद्ध आज भ्रष्टाचार मु’द्दा दायर गरेको छ ।

आयोगले वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अ‍ैबुल राइनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । महतोले जन्म दर्ता बनाउन आएका सेवाग्राहीसँग लाग्ने शुल्कको कुरा नगरी सिधै १० हजार रूपैयाँ घूस मागेको आयोगको दाबी छ ।

घूस रकम मोलमोलाई गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिएको स–प्रमाण पुष्टि भएको जनाउँदै आयोगले सजायको माग दाबी गरेको हो ।

उता वडाध्यक्ष महतोलाई ‘सहयोग’ गरेका सहायक कम्प्युटर अपरेटर अ‍ैबुल राइनलाई वडाध्यक्ष बराबरकै अभियोग लगाएको छ । उनले पनि बदनियतपूर्ण मनसाय राखेको आयोगले दावी गरेको छ ।

आयोगको बर्दिबासस्थित टोलीले यही असोज २४ मा वडाध्यक्ष महतो र अपरेटर राइनलाई घूस रकम १० हजार रुपैयासहित पक्राउ गरेको थियो । प्रदेश २ मा घुस लिनेक्रम बढेको तथ्यांकले देखाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १४, आईतवार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ