जलेश्वरमा घरबाटै मोटरसाइकल चोरी


टुडेखोज, जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका २ खैरा चोकस्थित घरबाटै एक व्यक्तिको मोटरसाइकल आईतवार राति चोरी भएको छ ।

निर्माणाधिन घरमा राखेको को ३० प २७४५ नम्बरको निलो रंगको पल्सर मोटरसाइकल आइतवार मध्यरातमा चोरी भएको पीडित निकेश साहले जानकारी दिए । उनका अनुसार चोरुहरुले घरबाट नगद ६६ हजार, बुफर, जुत्ता, हेल्मेट र मोवाइल समेत चोरेर लगेका छन् ।

धनुषा र महोत्तरीका बजारहरुबाट पछिल्लो समय मोटरसाइकल चोरीको घटना ह्वात्तै बढेको छ । तर प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका मान्छेलाई समात्न असफल भइसकेका छ ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ