युवा जनमत संघ धनुषाको इन्चार्जमा मण्डल चयन


टुडेखोज, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले युवा जनमत संघको जिल्ला इन्चार्जमा धिरज मण्डललाई चयन गरेको छ ।

पार्टीको धनुषा जिल्ला कार्यलय जनकपुरधाममा आइतबार बसेको जिल्ला कार्यकारिणी समितिको बैठकले मण्डललाई इन्चार्ज तोकेको हो । विदेह नगरपालिका घर भएका मण्डल जनमत पार्टीमा विगतदेखि नै सक्रिय छन् ।

जनमत पार्टीले पछिल्लो समय संगठन निर्माणमा जुटेको छ । भ्रष्टाचारको आरोपमा जनकपुरमा एक कर्मचारीलाई जनकारबाही गरेपछि अहिले देशभर जनमत पार्टी चर्चामा रहेको छ ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ