स्कुटर दुर्घटनामा चौधरीको मृत्यु


टुडेखोज, दाङ । दाङको दूधरासमा स्कुटर दुर्घटनामा एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार रा ४ प ४९७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चौधरी गम्भीर घाईते भएका थिए । उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको मृत्यु भएको छ ।

चौधरीको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । पछिल्लो समय नेपालमा दुर्घटना बढेको छ । ट्राफिक नियम पालना नगर्दा प्रायः सवारी दुर्घटना हुने गरेको प्रहरी बताउँछन् ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ