यादवलाई अपहर’ण गरेका चौधरी पक्राउ


जनकपुरधाम । भारत बिहारका २० वर्षीय सञ्जयकुमार यादवलाई अप’हरण गरी बन्ध’क बनाएको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई ११ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका ६ शंकरसरैया घर भएका ५६ वर्षीय प्रयाग चौधरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालासँगको समन्वयमा आइतबार काठाडमौंबाटै पक्राउ गरेको हो ।

चौधरीसहितको समूहले २०६७ फागुन २४ गते यादवलाई अपह’रण गरी बन्ध’क बनाएको थियो । पर्सा जिल्ला अदालतले उक्त मुद्दामाथि २०७० माघ १० गते फैसला गर्दै चौधरीलाई ९ वर्ष कै’द र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

कै’द सजाय र जरिवाना सुनाएपछि चौधरी फरार थिए । उनी पक्राउ परेपछि प्रहरीले पर्सा जिल्ला अदालतमा बुझाउने तयारी गरिरहेको छ । काठमाडौंबाट उनलाई पर्सा ल्याइसकेको स्रोतले जनायो ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ