Breaking- डा. सीके राउतद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, हेर्नुस् पुरा


टुडेखोज, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् ।

आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ गतेसम्म डा. सके राउतको जिवनी प्रदर्शन गर्ने र छठ घातमा पर्व अगाडी र पछि सरसफाई गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।

सशक्त तेस्रो चरणको आन्दोलनको घोषणा छठ पर्व पश्चात् मंसीर ५ गते गर्ने डा. राउतले बताएका छन् । जनकपुरमा भ्रष्टाचार आरोपमा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई जनकारबाही गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई र केन्द्रीय सचिवालय तोडफोड गर्ने इन्जिनियरहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ