लहान : माओवादीमा प्रवेश गरेका आबिद पुनः एमालेमै फर्के


टुडेखोज, लहान । सिरहाको लहान नगरपालिका ५ का वडा सदस्य मोहम्मद अब्दुल आबिद २४ घण्टान बित्दै पुनः नेकपा एमालेमै फर्केका छन् ।

आबिद सोमवार एमालेप रित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तर आज उनी माओवादी परित्याग गरेर पुनः एमालेमै फर्केका हुन् । लहान ५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीलगायतका नेताहरुले उनलाई एमालेमा फर्काएका छन् ।

वडा सदस्य आबिद पुनः एमालेमा फर्केपछि नेताहरुले मिठाई समेत खुवाए । लहानका मेयर मुनी साह एमालेमा छन् । उनले अनेक प्रलोभन देखाएर आबिदलाई पुनः एमालेमा फर्काएको माओवादीका एक नेताले बताए ।

नेकपा एमाले फुटेपछि नेता कार्यकर्ता विचलनमा परेका छन् । तर सक्रिय एमालेका नेताहरुले अनेक प्रलोभन देखाएर कार्यकर्ता सम्हाल्ने प्रयासरत रहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ