काठमाडौंमा भेटिएकी आरतीलाई अनुपम खेरले पढाउने


काठमाडौं । काठमाडौंको एक मन्दिरबाहिर भेटिएकी भारतीय बालिकाको पढाइको जिम्मा बलिउड अभिनेता अनुपम खेरले लिएका छन् ।

आरती नाम गरेकी ती बालिकालाई गतसाता अनुपमले काठमाडौंको पशुपतिनाथ मन्दिर बाहिर भेटेका थिए ।भारतको राजस्थानकी ती बालिकाले आफूसँग पैसा मागेको र अंग्रेजी राम्रो बोल्ने क्षमता भएकी भन्दैै अनुपमले प्रशंसा पनि गरेका छन् ।

स्कुल पढ्न चाहेको तर आफूसँग पैसा अभाव भएको ती बालिकाले बताएको अनुपमले बताएका छन् । अनुपम खेर फाउन्डेसनले ती बालिकाको पढाइको जिम्मा लिएको खेरले जनाएका छन् ।

अभिनेता खेरसहितको बलिउड टोली नेपालमा एक महीना रहेर फिल्म ‘उचाइ’ छायांकन गरेको थियो । फिल्म छायांकन सकेपछि टोली गतसाता मुम्बइ फर्किएको थियो । – नेपाल प्रेस

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ