सिरहामा बरामद लाखौंको पटाका नष्ट गरियो


टुडेखोज, सिरहा । सशस्त्र प्रहरीले बरामद गरेको लाखौंको पटाका नष्ट पारेको छ । भारतबाट नेपाल भित्र्याउने क्रममा विभिन्न ठाउँबाट बरामद गरिएको करिब ४ लाख बढीको पटाका सशस्त्र प्रहरीले मंगलवार नष्ट गरेको हो ।

बरामद पटाका खाल्डो खनेर नष्ट पारेको सशस्त्र प्रहरी बल सिरहाका प्रवक्ता डिएसपी योगेश दहालले बताए । उनका अनुसार लहान, लक्ष्मीपुर, औरही, सिरहा, माडर लगायतका विभिन्न ठाउँबाट करिब ४ लाख बढीको पटाका बरामद भएको थियो ।

तिहार (दिपावली) र छठमा पटाका पडकाउन भारतबाट सर्वसधारण अवैध रुपमा पटाका नेपाल भित्र्याउने गर्छन् । प्रहरीले देखेपछि नियन्त्रणमा लिन्छन् । तर खुल्ला सिमानाका कारण लुकाएर बर्षेनी लाखौंको पटाका भित्रिने गरिन्छ ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ