सिरहामा ट्याक्टरबाट खसेर ११ वर्षीय बालकको मृत्यू


टुडेखोज, लहान । सिरहामा ट्याक्टरबाट खसेर एक बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा गोलबजार नगरपालिका ४ का नशिवलाल सदायको ११ वर्षीय छोरा निशान्त सदाय छन् ।

गोबजार नगरपालिका ८ मैनाबत्ती खोलाबाट बालुवा बोकेर आईरहेका स. १ त. ७९५ नम्वरको ट्याक्टरबाट खसेर बालक सदायको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ट्याक्टरबाट खसेपछि बालक सदाय घाईते भएका थिए । उनलाई तत्कालै उपचारका लागि लहान लगिरहेकै बेला बाटोमै मृत्यू भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको र मृतक बालकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल लगिएको छ ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ