सेनाले पूजा गरेको फौजी कुकुरले देखाए यस्तो कला कौशल


काठमाडौं । मध्यपुर थिमि २ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार नेपाली सेना कुकुर पूजा गरेको छ । विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको हो ।

कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ । हिन्दू परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो ।

यसै अवसर पारेर भैरव बहान गुल्मले १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको सैनिक डगको पूजा गरेको छ । नेपाली सेनाले भैरव बहान गुल्ममा सैनिक कुकुर तथा कला प्रदर्शनी गरेको हो । बिहान नेपाली सेनाले सैनिक कुकुर तथा कला प्रदर्शनी तथा कुकुर पूजा कार्यक्रम राखेको थियो ।

नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पुरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुरको प्रयोग गर्दै आएको छ ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ