चुनावमा गठबन्धन रहदैन, कांग्रेस एक्लै लड्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् ।

नेपाली कांग्रेस गुण्डुले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समय अगाडि नहुने बताए । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए ।

‘कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ’, उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।’

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ