बारामा पटाकासहित तीन जना पक्राउ


जनकपुरधाम । भारतीय बजारबाट नेपाल भित्र्याउन लागेको पटाकासहित तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा १५ का ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चन छन् ।

सिमा प्रहरी चौकी छतवा बाराबाट खटेको प्रहरी टोलीले फेटा गाउँपालिका ३ बाट उनीहरुलाई पटाकासहित पक्राउ गरेको बताइएको छ । उनीहरु ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा पटाका ल्याउँदै गर्दा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले उनीहरुको साथबाट किङ कोबरा ११ बण्डल र ईलेक्ट्रिक स्पार्कर्स ५० प्याकेट बरामद भएको बताए । तीनै जनामाथि कारबाही अगाडी बढेको उनको भनाई छ ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ