प्रदेश २ : चोरीका मोटरसाइकल सहित ३ चोर पक्राउ


जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको भानु चोकबाट चोरीको मोटरसाइकल सहित प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ का २२ वर्षीय कैलाश महतो, बाराको कलैया उपहानगरपालिका ४ का २२ वर्षीय बिनराज शर्मा र फेटा गाउँपालिका ३ का २० वर्षीय रबिनकुमार साह छन् ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाले बीआर २२ एटी ९३२६ नम्बरको भारतीय बुलेट मोटरसाइकल चोरी गरी बा ८२ प ६४६० नम्बरको नक्कली नेपाली नम्बर प्लेट लगाई चलाउँदै आएका थिए ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ