बर्दिबासमा हाइस दुर्घटना, ५ जना घाइते


महोत्तरी । काठमाडौँबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्‍याएका छन् । ब्रेक फेल भई हाइस मूल सडकबाट खेतमा खसेको चालक अमर माझीले बताएका छन् ।

चालक माझीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रण लिएको छ । घाइते कसैको पनि सनाखत हुन सकेको छैन ।

प्रकाशित : २०७८ कार्तिक १९, शुक्रबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ