नेपालमा ग्याँस सिलिण्डर बिस्फो’ट, ४ जनाको मृत्यु


टुडेखोज, काठमाडौं । ललिपुरको मंगलबजारमा खाना पकाउने ग्याँस सिलिन्डर बिस्फो’ट भएपछि चार जनाको मृत्यू भएको छ ।

शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर १२ चक्रबहिलमा रहेको घरको तेस्रो तल्लामा ग्याँस सिलिन्डर बिस्फो’ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार मृतक चार जनाको शव निकालिएको र घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।

घटनामा म्हः पूजाका लागि आएका पाहुना पनि परेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक मध्ये ६५ वर्षका लक्ष्मीप्रसाद ताम्राकारको मात्रै पहिचान खुलेको छ ।

प्रकाशित : २०७८ कार्तिक १९, शुक्रबार २०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ