धनुषामा सशस्त्रले समात्यो ३१ लाख बराबरको ड्रोन क्यामेरा


टुडेखोज, जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनियाबाट ८ थान ड्रोन क्यमरा र एउटा मोटरसाइकल पक्राउ गरेर जिल्ला भन्सार कार्यालयमा बुझाएको छ ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले ड्रोन क्यामेरा र ज. ९ प. १३५ नम्बरको मोटरसाइकल बरामद गरेको हो । भारतबाट भन्सार छलेर ल्याएको भन्दै सशस्त्र प्रहरीले ड्रोन क्यामेरा बुधवार नै बरामद गरेको बुझिएको छ ।

बरामद ड्रोन क्यामेरा भने ३१ लाख मूल्य बराबरको रहेको छ । प्रहरीले ड्रोन क्यामेरा नियन्त्रणमा लिएपछि एक व्यापारीले सामाजिक सञ्जालमा उद्योग बाणिज्य संघ जनकपुरको काम कर्तव्यमाथि प्रश्न उठाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ