सबैला भ्रष्टाचार काण्ड: अनसनकारी र मेयरबीच वार्ता हुँदै


टुडेखोज, जनकपुरधाम । भ्रष्टाचार काण्डको छानबिन र नगरपालिकासँग सूचना माग्दै अनसन बसेको अभियानीलाई सबैलाका मेयर विजयशंकर प्रसाद साह वार्ता गर्ने भएका छन् ।

अनसन बसेको आज ४८ औं दिन मेयर साहले वार्तामा बोलाएको अनसनकारी तथा भ्रष्टाचार विरोधी अभियानी सुरेश यादवले जानकारी दिए । उनका अनुसार सबैला नगरपालिका १२, रघुनाथपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा ११ बजेदेखि वार्ता सुरु हुनेछ ।

वार्ताका लागि अनसनकारीको तर्फबाट सुरेश यादव, रामबहादुर साह, विक्रम यादव र विजय साह सहभागी हुनेछन् । नगरपालिकामा विभिन्न शिर्षकमा करोडौं भ्रष्टाचार भएको र सूचना माग्दा नदिएपछि अनसन बसेको उनीहरुको भनाई छ ।

मेयर साह र अनसनकारीबीच आज तेस्रो पटक वार्ता हुन लागेको हो । यसअघि दुई पटक वार्ता भएपनि सहमति बनेको थिएन । मेयर साह सूचना दिन सहमत नभएसम्म सहमती नगर्ने अनसनकारीहरुको अडान छ ।

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार १०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ