दिल्लीको वायु प्रदूषण मधेससम्म आइपुग्यो !


जनकपुरधाम । नेपालको मधेस/तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । भारतको दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेसँग तराई क्षेत्रमा पनि प्रदूषण बढेको हो ।

पानी पर्न छाडेको केही दिनमात्र भएको र चिसो मौसम भर्खर सुरु भएकाले वायु प्रदूषण कम हुने भए पनि प्रदूषण बढेको हो । भारतमा वायुको प्रदूषण बढेकाले त्यसको असर नेपालको तराई क्षेत्रमा परेको मौसमविद् वरुण पौडेलले बताए ।

‘खास गरी लामो समयसम्म पानी नपर्दा प्रदूषण बढ्ने गर्छ,’ उनले भने, ‘तर हिजो र आज भारतमा प्रदूषण बढेकाले त्यसको प्रभाव नेपालको तराई क्षेत्रमा देखिएको हो । उनका अनुसार अहिलेको प्रदूषणका लामो समय रहँदैन ।

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ