सखुवा प्रसौनीमा पशु स्वास्थ्य शिविर सम्पन्न, औषधी पनि निःशुल्क वितरण


अर्जुन शाह, लखनपुर । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ लखनपुरस्थित पुरानो धर्मशाला प्राङ्गणमा सखुवा प्रसौनी पशु सेवा शाखाद्वारा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सखुवा प्रसौनी पशु सेवा शाखाका प्रमुख अमित कुशवाहाको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि सखुवा प्रसौनी गापा अध्यक्ष प्रदीप कुमार जैसवाल थिए । अध्यक्ष जैसवालले उद्घाटन गर्दै भने, ‘मानिसको लागि सधैं शिविर आयोजना गरिन्छ । तर पशुको लागि शिविर भइरहेको छैन । अब पशु शिविरलाई निरन्तरता दिनुपर्छ ।’

शिविरमा २५० बाख्रा, ६० गाई र ५० भैंसीलगायतको पशुको स्वास्थ्य जाँच गरिएको छ । साथै विरामी भेटिएकालाई औषधि पनि वितरण गरिएको थियो । डा पुषलेन्द्र साह, राम विनय यादव, प्रदीप चौधरी, लगायतकाले पशुको स्वास्थ्य जाँच गरेका थिए ।

भेटेनरी पढिरेहका विद्यार्थी रणधीर कुशवाहा, सुमित कुशवाहा, भावना शर्मा, शारदा यादव लगायतले स्वयम सेवकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा पत्रकार अर्जुन शाह, स्थानिय मुना राउत कम्मर, जगदेव राम, मेघनाथ साह कानु, भिखारी रामलगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ कार्तिक २१, आईतवार १३:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ