सिरहामा मन्त्री यादवले सयौं कार्यकर्तालाई जसपामा प्रवेश गराए


जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका ५ का विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

जसपा मधेस प्रदेश कमिटी अध्यक्ष एवं प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले नवप्रवेशी कार्यकर्तालाई सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । सुज अभियान अन्तर्गत आयोजित शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई मन्त्री यादवले जसपामा प्रवेश गराए ।

धनगढीमाई नगरपालिकामा जसपा मजबुत बन्दै गएको छ । यसअघि पनि मन्त्री यादवले उक्त नगरपालिकामा सयौं कार्यकर्तालाई जसपामा प्रवेश गराएका थिए ।

प्रकाशित : २०७८ कार्तिक २२, सोमबार २०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ