साग भनेर धतुरो खाएपछि एक महिलाको मृत्यू, २ गम्भीर


टुडेखोज, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाएपछि एक जनाको ज्यान गएको छ ।

साग भनेर धतुरोको तरकारी खाँदा ८३ वर्षीया पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । तरकारी खाएर दुई जना बिरामी भएका छन् । बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ ।

आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी कार्कीले बताए । सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएको उनले बताए ।

प्रकाशित : २०७८ कार्तिक २३, मंगलवार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ