पर्सामा मोटरसाइकल चोरी गर्दागर्दै दुईजना पक्राउ


पर्सा । पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै दुईजनालाई पक्राउ गरेको छ । वीरगञ्‍ज महानगरपालिका १५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना २९ प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन् ।उनीहरुले कालो र रातो रंगको १८० सीसीको पल्सर मोटरसाइलक चोरी गर्दैगर्दा अस्पतालका सेक्यूरिटी गार्डले देखेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक २४, बुधबार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ