फेरी पेट्रोलियम पदार्थको मुल्य बढ्यो


काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको १२ दिनपछि पुन मुल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको छ । पेट्रोल र डिजेल तथा मट्टितेल तीन, तथा आन्तरिक तथा बाह्य हवाई इन्धन पाँच तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ७५ रुपैयाँले बढेको हो ।

जस अनुसार बुधबार रातिदेखि पेट्रोलको मुल्य एक सय ३६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ तथा आन्तरिक हवाई ईन्धनको मुल्य एक सय एक र अन्तराष्ट्रि हवाई इन्धनको मुल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मुल्य एक हजार पाँच सय ७५ पुगेको सह-प्रवक्ता पुस्कर कार्कीले विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

प्रकाशित : २०७८ कार्तिक २४, बुधबार २०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ