जनकपुरमा छठ मनाए अमेरिकी राजदूत बेरी, भने- भाग्यमानी महसुस गरेको छु !


जनकपुर । अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले जनकपुर पुगेर छठपर्व मनाएका छन् । उनले त्यहाँको एक तलाउमा पूजा आराधना समेत गरेका छन् ।

उनी दूतावासका अन्य कूटनीतिज्ञसहित छठ मनाउन त्यहाँ पुगेका थिए । ‘जनकपुरमा पुनः आउन पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु । छठ पर्वमा उज्यालो गतिविधि देख्न पाउँदा आभारी पनि छु’ उनले भने, ‘मलाई यो ठाउँले सँधै प्रभावित तुल्याएको छ ।’

राजदूत बेरीसँगै अमेरिकी सहयोग नियोग युएसएडका नेपाल निर्देशक सेप्डी पनि छठ मनाउन जनकपुर पुगेका थिए । आफूले त्यहाँ ठेकुवा र पुरीको स्वाद चाखेको समेत राजदूतले जनाएका छन् ।

राजदूत बेरीले सबैजनालाई छठ पर्वको शुभकामना समेत दिएका छन् । राजदूत बेरीले दशैंँ र तिहार पनि मनाउँदै शुभकामना दिएका थिए । उनी नेपाली चाडपर्व मनाउन सक्रिय पनि छन् ।

प्रकाशित : २०७८ कार्तिक २५, बिहीबार ०५:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ