अब ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ पुग्यो


टुडेखोज, काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ पुगेको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको छ ।

प्रकाशित : २०७८ कार्तिक २५, बिहीबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ