जनकपुर र महोत्तरी आउने प्रचण्डको कार्यक्रम स्थगित


टुडेखोज, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को कार्यक्रम स्थगित भएको छ । उनी आज विहान १० बजे जनकपुर विमानस्थलमा आउने र त्यसपछि महोत्तरी पुग्ने बताइएको थियो ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभू्रत स्वास्थ्यचोकी र एक कोभिड हस्पिलको संयुक्त रुपमा उदघाटन गर्न प्रचण्ड आउने भनिएको थियो । तर अन्तिम समयमा आएर उनी नआउने भएको छ ।

स्रोतका अनुसार प्रचण्ड विरामी परेका छन् । सोही कारण उनी नआउने भएपछि कार्यक्रम नै स्थगित भएको माओवादीका एक नेताले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक २७, शनिबार १०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ