प्रेस सेन्टर सिरहाको अध्यक्षमा पुनः विश्वकर्मा


टुडेखोज, लहान । नेकपा माओवादीको पत्रकार संगठन प्रेस सेन्टर नेपाल, सिरहाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः आशिष विश्वकर्मा चयन भएका छन् ।

विश्वकर्माको अध्यक्षतामा प्रेस सेन्टरको १५ सदस्यीय सिरहा जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । समितिको उपाध्यक्षमा रामभरोसी यादव, समावेसी उपाध्यक्षमा सन्तोष साह र महिला उपाध्यक्षमा अञ्जली राउत चयन भएका छन् ।

समितिको सचिवमा मुकेश कुमार यादव ‘स्वामी’, सह–सचिवमा रामनारायण ठाकुर र मुकेश यादवलाई राखिएको छ । यस्तै कोषध्यक्षमा सरोज पासवान चयन भएका छन् ।

समितिका सदस्यहरुमा सुरेश कुमार राय, अनुभक्त चौधरी, मोहन साह, चन्द्रदिप ठाकुर, समरिका दास छन् । अधिवेशनले चन्द्रदेव कामती, रामनारायण यादव लगायतलाई सल्लाहकारमा चयन गरिएको छ ।

प्रकाशित : २०७८ कार्तिक २७, शनिबार २०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ