पूर्वमन्त्री अरगरियाले सयौं कार्यकर्तालाई लोसपामा प्रवेश गराए


टुडेखोज, जनकपुरधाम । धनुषाको कमला नगरपालिका ६ सखुवा मडानमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

शनिवार आयोजित एक कार्यक्रमबीच धनुषा क्षेत्र नम्बर २ का संघीय साँसद एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले सयौं कार्यकर्तालाई लोसपामा प्रवेश गराएका हुन् । लोसपाको कार्यकारिणी सदस्य समेत रहेका अरगरियाले नवप्रवेशीलाई माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

स्थानीय नेता महेश्वर यादवको अध्यक्षतामा भएको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय हरेकृष्ण महतो, शम्भु महतो, कपलेश्वर दास, गंगा साह, सन्तोष महतो लगायतका सयौं कार्यकर्ता लोसपामा प्रवेश गरेको धनुषा संयोजक प्रमोद यादवले जानकारी दिए ।

कार्यक्रममा साँसद अरगरियाले उपेन्द्र यादव नेतृत्वको जसपा अब मधेसी दल नरहेको दावी गरे । मधेसबाट भोट लिएर पहाडीसँग बेचेको जस्ता विभिन्न उदाहरण दिँदै उनले उपेन्द्र यादव मधेस र मधेसीसँग गद्दार गरेको आरोप पनि लगाए ।

चियापान तथा पार्टी प्रवेश कार्यक्रममा लोसपा कमला नगरपालिकाको संयोजक मनिक लाल मण्डल, स्थानीय नेताहरु छठु मण्डल, विरेन्द्र कुमार यादव, सोखिलाल मण्डल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ कार्तिक २८, आईतवार ०९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ