जनकपुरमा पनि वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबराको राजीनामा माग


जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्चबाहेकका अदालतमा पनि आन्दोलन भइरहेको छ ।

नेपाल बार एशोसियसन जनकपुर शाखामा आवक्त वकिलहरूले जनकपुरस्थित जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको मुलगेटमा बिहान ११ देखि १२ बजेसम्म धर्ना बसेका हुन् । उनीहरूको धर्नाका कारण सेवाग्राही प्रवेशमा अवरोध भएको थियो ।

सर्वोच्च अदालतको न्यायिक, प्रशासनिक र नियुक्ति शुद्धीकरणका लागि धर्ना बसेको अधिवक्ता श्याम मिश्राले जानकारी दिए । केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै धर्ना बसेको उनको उनको भनाइ छ ।

प्रकाशित : 14 November 2021 1:27 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ