सिरहाका कानुन व्यवसायी पनि कालोपट्टी बाँधेर प्रदर्शनमा


सिरहा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जिल्ला अदालत सिराहामा पनि कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एसोसिएसनको निर्देशनअनुसार बार एसोसिएसन सिराहाको आह्वानमा कानुन व्यवसायीहरूले आइतबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । बार एसोसिएसन सिराहाका अध्यक्ष वीरेन्द्रकुमार सिंहको अगुवाइमा जिल्ला अदालतको मूल गेटमा कानुन व्यवसायीहरूले विरोध जनाए ।

विरोध प्रदर्शनका क्रममा कानुन व्यवसायी मधुसुदन यादवले अदालतमा बिचौलिया हावी भएको बताए । अधिवक्ताहरूले जिल्ला अदालतमा पनि चरम घुसखोरी मौलाएको उल्लेख गर्दै शुद्धीकरण जरुरी भएकोमा जोड दिए ।

प्रकाशित : २०७८ कार्तिक २८, आईतवार १५:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ