नेपालमा यति ठूलो हिमपहिरो आएपछि…


काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेको पहिरोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्रसित बनेका छन् ।

धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा आएर खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपालप्रेसलाई बताए । हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए।

उनले भने, ‘हिम पहिरो खसेको ठाउँमा मानव बस्ती नभएपनि त्यस आसपासमा भएको मानवबस्तीलाई समेत गराएका छौं । पहिरो खस्दै गरेको जनआदर्श अमरसिंह माविका विद्यार्थीहरुले देखेको रहेछन् । उनीहरु डरले भागदौड गर्दा ९ जना सामान्य घाइते भएका छन् ।’

उनका अनुसार घाइतेहरुलाई जोमसोम ल्याउने तयारी भइरहेको छ । ‘मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका सीडीओ शर्माले भने, ‘पहिरो थप खस्नसक्ने भएकाले सचेत रहन भनेका छौं ।’

प्रकाशित : २०७८ कार्तिक २८, आईतवार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ