महोत्तरीमा ८ विघामा लगाएको गाँजाको बोट प्रहरीले नष्ट गरियो


महोत्तरी । महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकामा प्रहरीले आइतबार गाँजाका बोट बिरुवा नष्ट गरेको हो ।

महोत्तरी गाउँपालिका ४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा ५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १४:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ