रुपैठाको विवाद अन्त्य गर्न हिन्दु र मुस्लिम समुदाय सहमत, निषेधाज्ञा हटाउने तयारी


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा भएको विवाद अन्त्य गर्न हिन्दु र मुस्लिम समुदायबीच सात बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा दुई पक्षबीच सात बुँदे सहमति भएको हो । छठ पर्वमा तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदाय बीच भएको विवादले उग्ररुप लिँदा स्थानीय प्रशासनले जनकपुरधामको रुपैठामा निषेधाज्ञा लगाएको छ ।

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफलपछि सोमबार सात बुँदे सहमति भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार तेलिया पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, धार्मिक सद्भाव कायम राख्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा सहमति कार्यान्वयनका लागि दुई पक्षबाट चार/चार सदस्य रहने गरी समिति गठन गरिएको छ ।

छठ पर्व समापनसँगै शुक्रबार एक पक्षले प्रदर्शन गरेपछि रुपैठामा दुई समुदायबीच झडप भएको थियो । विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । दुई समुदाय बीच सहमति भएसँगै निषेधाज्ञा हटाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ