डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने


काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित)मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् । त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित)मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने बताइएको छ । हालसम्म देशका मुख्य शहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ