प्रदेश २ : डेढ लाख घुस लिँदालिँदै दुई वडा सदस्य पक्राउ


जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ११ का दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय रहेका छन् । उपभोक्ताबाट घुसवाफत लिएको एक लाख ५० हजार रुपैयाँसहित उनी दुबै जनालाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत उनीहरूले उक्त रकम घुस लिएका थिए ।

अख्तियार बर्दिवासबाट गएको टोलीले साह र रायलाई उक्त रकमसहित लालबन्दी नगरपालिका ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता रिसालले जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ