पूर्व राष्ट्रपति पुत्र यादवको गुट गाउँमै पराजित


जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरणका पुत्र डा. चन्द्रमोहन यादवको गुट लक्ष्मीनिया गाउँपालिकाको वडा नं. ४ सपहीमा नराम्ररी पराजित भएको छ ।

सो गाउँपालिकाको वडा नम्बर ४ मा मात्र चुनाव भएको थियो । सोमवार भएको मतदानमा यादवको पक्षमा ५१ मत मात्र परेको थियो । उनको विपक्षमा १ सय १ मत खसेपछि डा. यादवको गुटबाट कुनै पदमा प्रतिनिधित्व हुन सकेन् ।

यादव भने कांग्रेसको विधान अनुसार हारे, जितेका प्रदेश सभा र संघीय संसदका उम्मेदवारहरु स्वतःप्रतिनिधि हुने कोटामा परेका छन् । युवा नेता विजय यादवको नेतृत्वमा भएको चुनावमा डा. यादवलाई गाउँमै पराजित गरिएपछि महाधिवेशन प्रतिनिधिसम्म पुग्न फेरी उनलाई समस्या देखिएको छ ।

विजय यादव गाउँपालिका सभापतिका उम्मेदवार रहेका छन् । वडा नम्बर ४ को सभापतिमा रघुनन्दन यादव निर्वाचित भएका छन् । धनुषा जिल्लाको नगराईनबाट विमलेन्द्र निधि, अनामिका निधि, स्मृतिनारायण चौधरी लगायतका नेताहरु सर्वसम्मतिबाट प्रतिनिधि चयन भएका छन् ।

नेता निधिले उदारता देखाएपछि नगराइनमा सर्वसम्मति भएको छ । निधि परिवारबाट श्रीमती अनामिका निधि समेत आधा दर्जन बढी प्रतिनिधि भएपछि अनुकुल निधिलाई अन्तिम समयमा प्रतिनिधि हुनबाट रोकिएको बताइएको छ ।

मुखियापट्टीबाट रामसरोज यादव प्रतिनिधि बनेका छैनन् । उनीपनि पदेन प्रतिनिधि छन् । रामकृष्ण यादव, आनन्द प्रसाद ढुंगाना, महेन्द्र यादव लगायतका नेताहरुपनि सर्वसम्मतिबाट चुनिएका छन् ।

क्षेत्रीय प्रतिनिधिहरुको प्राप्त संख्या अनुसार नेता निधिको पक्षमा अपेक्षाकृत कमजोर देखिएको छ । जिल्ला सभापति र पालिका चुनावमा नेता निधिलाई धक्का लाग्ने संभावना छ ।

प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ