आठ एसपी, एसएसपीमा बढुवाका लागि सिफारिस, हेर्नुस् सूची


काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् । गृहमन्त्रालयले एसपी विकासराज खनाल, सुदिपराज भण्डारी, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावललाई बढुवा सिफारिस गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ