प्रदेश २ का वनमन्त्री यादवलाई हटाइयो


जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले यादवलाई बर्खास्त गरेका हुन् । राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको आग्रहलाई नमानेपछि यादवलाई बर्खास्त गरिएको बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ