महोत्तरीको रामगोपालपुरमा प्रचण्ड आउन लागेकाले सार्वजनिक विदा दिइयो


जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेकाले सार्वजनिक विदा दिइएको छ । नगरप्रमुख अशोक कुमार मण्डलले सार्वजनिक विदा दिएको सूचना नै जारी गरेका हुन् ।

अध्यक्ष प्रचण्ड आज रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुनलागेको आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज आउने भएका छन् । उनी मध्यान्ह जनकपुर विमानस्थलमा ल्याण्ड गर्ने र त्यसपछि कार्यक्रमका लागि रामगोपालपुर पुग्ने बताइएको छ ।

प्रकाशित : २०७८ मंसिर १, बुधबार ०७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ