भाजपा प्रवक्ता विजय जनकपुर आउँदै


जनकपुरधाम । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्री आज जनकपुरधाम आउन लागेका छन् ।

विहान साढे ८ बजे भाजपा प्रवक्ता सोन्कर काठमाडौंबाट जनकपुरधाम विमानस्थल आउन लागेका हुन् । उनलाई स्वागत गर्न प्रदेश २ का दलित नेताहरु विमानस्थल पुगिसकेका छन् ।

प्रवक्ता सोन्कर र नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधिबीच मंगलबार साँझ भेट भएको थियो । भेटमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धलगायतका बिषयमा कुराकानी भएको बुझिएको छ ।

भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए। भेटघाटका क्रममा नेपाल भारतमा दलितहरुको अवस्था र तिनको हकहितको बारेमा समेत चर्चा भएको थियो।

प्रकाशित : २०७८ मंसिर १, बुधबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ