महोत्तरीमा जंगल लगेर महिलाको बला’त्कार, अनी ह’त्या !


बर्दिबास । महोत्तरीको भङ्गहा नगरपालिका २ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बला’त्कारपछि ह’त्या गरेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका ५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बला’त्कार गरेको स्वीकार गरेका छन् । बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिए पछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो ।

मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवै जनामाथि प्रहरीले कारबाही अगाडि बढाइएको छ । रासस

प्रकाशित : २०७८ मंसिर २, बिहीबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ