सखुवानन्कारकट्टीमा विद्यार्थीहरुको जेरी खाने प्रतियोगिता सम्पन्न


जयनाथ यादव, लहान । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका ३ तीनकुने चोकमा बिहीवार अन्तर मावि स्तरीय जेरी खाने हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी मावि महदेवा पोर्ताहा, मावि मौवाही र मावि सोठिआइनका विद्यार्थीहरुले समान ८÷८ अंक ल्याएका थिए । मावि महेसवारीका विद्यार्थीहरु चौथो स्थानमा सिमित रहे । चारै माविलाई मायाको चिनो सिल्ड प्रदान गरियो भने विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

शान्तिनगर बजार विकास समितिको सातौं जन्मोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका प्रमुख अतिथि नेकपा एसका साँसद अशोक यादव र विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष केदार यादव थिए । उनीहरुले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता बजार समितिका अध्यक्ष रामनारायण यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा वडाध्यक्ष महेन्द्र प्रसाद यादव र शिक्षकहरु लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार यादवले बजार व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षा स्तर बढाउन विभिन्न क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले अब गाउँपालिकामा शिक्षक–शिक्षकबीच पनि प्रतियोगिता गराउने बताए । उनले गाउँपालिकाको विकासमा कुनै कसर बाँकी नराख्ने भन्दै बृद्ध भत्ता वितरणमा ढिलो भएपछि रकम नै खायो भनेर गलत प्रचार गरिएकोमा आपत्ति जनाए ।

प्रकाशित : २०७८ मंसिर ३, शुक्रबार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ