प्रदेश २ मा महतो र यादवलाई मन्त्री बनाउदै नेकपा एस, आइतबार शपथ लिने


जनकपुरधाम । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।

लामो संवादपछि दुई मन्त्रालय लिएर नेकपा एस सरकारमा जान सहमत भएको हो । मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा)लाई मन्त्री बनाउने निर्णय गरेको छ ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ । यसको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।

एउटा राज्यमन्त्री दिने सहमती भ एपनि तत्काल शपथग्रहण नहुने बुझिएको छ । कार्तिक ५ गते आइतबार दिउसो २ बजे नयाँ मन्त्रीको शपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।

प्रकाशित : २०७८ मंसिर ३, शुक्रबार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ