धनुषा कांग्रेसमा विवाद, कार्यकर्ताले दिए भोक हड्तालमा उत्रने चेतावनी


जनकपुरधाम । अहिले नेपाली कांग्रेसलाई महाधिवेसनको चटारो छ । यहीं चटोारकाबीच वडा, स्थानीय तह, क्षेत्र, प्रदेशको अधिवेसन भइरहेको छ ।

प्रदेश २ मा भने कांग्रेस महाधिवेसन अन्तर्गत वडा अधिवेसनहरु पनि विवादित बनेको छ । धनुषाको औरही नगरपालिकाका कार्यकर्ताले वडा अधिवेसनमै धाँधली भएको भन्दै बिरोधमा उत्रेका छन् ।

उनीहरु अहिले कांग्रेसको जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रिले अनसन शुरु गरेका छन् । औरही गाउँपालिकाको वडा नम्बर १ मा धाँधलीपूर्ण तरिकाले पदाधिकारीको चयन गरिएको भन्दै उनीहरुले रिले अनसन शुरु गरेका छन् ।

नेतृत्वले आफूहरुको माग सम्बोधन नगरे भोक हड्तालमा उत्रने चेतावनी दिएका छन् । ‘यथार्थ कार्यकर्तालाई वाइपास गरी पदाधिकारी चयन गरिएको छ,’ पार्टीका युवा नेता जगदीश चौधरीले भने, ‘जुन धाँधलीपूर्ण काम गरिएको छ, त्यसलाई बदर गर्नु जरुरी छ ।’

उनले धाँधलीपूर्ण काम बदर नगरिए आफूहरु भोक हड्तालमा उत्रने चेतावनी दिए । कांग्रेसमा देखिएको विवादले कार्यकर्ता निराश बनेका छन् ।

प्रकाशित : २०७८ मंसिर ४, शनिबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ